सिटिजन्स बैंकका ग्राहकले अब बुटवल स्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपालमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले अब बुटवल स्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपालमा विशेष छुट पाउने भएका छन् ।
बैंक र डायग्नोस्टिक सेन्टरबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मोर्डन डायग्नोस्टिक सेन्टर नेपालमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअलक्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ, साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फतनै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ वटा जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १ सय ६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।