वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोसेली छाला जुत्ता उद्योगलाई तिरायाे २ लाख रुपैयाँ जरिवाना « Arthapath.com
४ बैशाख २०८२, बिहीबार

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोसेली छाला जुत्ता उद्योगलाई तिरायाे २ लाख रुपैयाँ जरिवाना



काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोसेली छाला जुत्ता उद्योगलाई २ लाख जरिवाना गरेको छ ।

काठमाडौँ १६ स्थित उक्त उद्योगले एमआरपी सहितको लेबल नलगाएकाे पाइएपछि जरिवानासहित बिक्री वितरणमा समेत रोक लगाएको विभागले जनाएको छ ।

बुधवार अनुगमनमा गएको टोलीले नागार्जुनको नेपाल जुत्ता फ्याक्ट्रीलाई सामान्य निर्देशन दिएको छ भने, अन्य २ वटा फार्मेसीमा बिक्री वितरणमा रोक्का गरेको छ ।

सिउटिक्स फर्मा र क्यटिज फार्मेसीले बिक्रीकालागि राखेका कस्मेटिकजन्य वस्तुहरूको नमुना सङ्कलन र सो वस्तुहरूको बिक्री वितरणमा रोक्का गरिएको हाे । साथै दुवै फार्मेसी पसललाई विभागले व्यवसायसँग सम्बन्धित कागजात लिई ३ दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले काठमाडौँ १७ स्थित पशुपति ट्रेडिङ कन्सर्न र काठमाडौँ २२ स्थित जनता केवल इन्डष्ट्रिज प्रालि रोक्कामा रहेको कारोबार फुकुवा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्