एआईजीमा बढुवाका लागि ६ जना डीआईजी सिफारिस, पहिलो नम्बरमा खापुङ « Arthapath.com
४ बैशाख २०८२, बिहीबार

एआईजीमा बढुवाका लागि ६ जना डीआईजी सिफारिस, पहिलो नम्बरमा खापुङ



काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस भएका छन् ।

गृह मन्त्रालयले डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । मन्त्रालयका अनुसार सिफारिसको पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ छन् ।

यस्तै लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी बढुवाका लागि सिफारिस भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्