अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम

काठमाडाैं । नयाँ वर्षको अवसरमा लायन्स क्लब अफ अटो सोसियल फ्रेन्डसको आयोजनामा ललितपुरको पुल्चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले ब्लड डोनर्स एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर र ललितपुर मेकानिक संघ, नेपाल सँग सहकार्य गरी रक्तदान कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा त्रिवि लायन्स रक्तसञ्चार केन्द्रले २८ पिन्ट रगत संकलन गरेको थियो । ललितपुरको पुल्चोकमा भएको रक्तदान कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५जे नेपालका आईपिडिजी लायन हरिप्रसाद मरहट्टा, चिफ एडभाईजर लायन कुशप्रसाद मल्ली लगायतका सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्यहरुको उपस्थिती रहेको रिजन चियरपर्सन लायन रोशन श्रेष्ठले जानकारी दिएका छन् ।