उच्च बिन्दुबाट तोलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडाैं। लगातार बढीरहेकाे सुनकाे मूल्यमा शुक्रबार गिरावट आएको छ । हिजाे एकैदिन प्रतितोला ३ हजार ६ सय रुपैयाँ बढेको सुनकाे भाउ आज प्रतिताेला ८०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे प्रतिताेला १ लाख ८९ हजार ८०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकिएकाे थियाे ।
यता शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहिबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।