बजेटमा परेका निजी क्षेत्रसँग सम्बन्धित १२ प्रतिशत योजना मात्रै पूर्ण कार्यान्वयन: सीएनआई

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बजेटले महत्त्वपूर्ण लक्ष्य राख्ने तर कार्यान्वयन भने कमजोर रहने प्रवृति बढ्दै गएको बताएका छन् ।
शुक्रबार आयोजित बजेट वाच कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले बजेटको सफल र प्रभावकारी कार्यान्वयनबाट पूँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य पूरा हुने, नीतिगत सुधार हुने र यसले समग्र अर्थतन्त्र विस्तार हुने बताए ।
उनले भने, ‘बजेटमा नीजि क्षेत्रबाट नीतिगत सुझाव दिने गरेका छौं। हाम्रा नीतिगत सुझावहरू बजेटमा समावेश पनि हुन्छन् यसले हामीलाई उत्साह प्रदान गर्छ तर जब कार्यान्वयनको चरण आउँछ यसले हामीलाई निरास बनाएको छ ।’
नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा तयार पारेर आज सार्वजनिक गरेको ‘बजेट वाच’ प्रतिवेदनअनुसार निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बजेटमा परेका ६३ बुँदाहरुको वार्षिक कार्यान्वयन प्रगति कमजोर देखिएको उनले बताए। बजेटमा परेका बुँदा मध्ये १२.७ प्रतिशत मात्र पूर्ण कार्यान्वयन भएकाे उनले बताए ।
यस वर्ष कानुनी सुधार उत्साहजनक रूपमा भए पनि पूँजीगत खर्च र ठुला आयोजनाकाे निर्माण ज्यादै शुस्त रहेकाे बताए । राज्यका सबै संरचना बजेटको प्रभावकारी कार्यान्वयनमा दत्तचित्त हुन आवश्यक रहेकाे उनकाे भनाइ छ ।
यस्तै उनले समग्र आर्थिक विकासका लागी औधोगीक विकास अपरिहार्य रहेकाे बताए । उनले भने, ‘औद्योगिक विकासका सम्बन्धमा बजेटमा बोलिएका विषयहरूको प्रभावकारी कार्यान्वय आवश्यक छ। हामी औद्योगिक विकासमा केन्द्रित भइ सो अनुरूप नीतिगत सुधार गर्दै अगाडी बढनुपर्छ।’
यसले स्वदेशी उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने उनकाे भनाइ छ । विश्व व्यापारमा प्रतिस्प्रधा गरिरहेकाे अवस्थामा हाम्राे लक्ष्य स्पष्ट हुनु पर्ने उनले बताए ।
आत्मनिर्भर अर्थतन्त्रले मात्र दिगो रुपना आर्थीक समृद्धि हासील गर्न सकिने भन्दै उनले चालु आर्थिक वर्षको बजटकाे प्रभाकारी कार्यान्वयन र सँग सँगै आगासी बजेटको लक्ष्य सोहि दिशामा केन्द्रित हुनु पर्ने बताए ।
नीति स्थीर हुने, उत्पादन मुलक उद्यागलाई संरक्षण गर्ने, उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने हो भने औद्योगीकरणका माध्यमबाट छोटो समयमै प्रगति गर्न सकिने धारणा उनले व्यक्त गरे ।