माछापुच्छ्रे बैंककाे नाफा करिब २९ प्रतिशतले बढ्याे, यस्ता छन् मुख्य सूचकहरू

काठमाडौं । तेस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंक लिमिटेडकाे खुद नाफा करिब २९ प्रतिशतले बढेकाे छ । यस अवधिमा बैंकले १ अर्ब १० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेकाे छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीले ८५ करोड ५४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा बैंकले २८.६० प्रतिशतले नाफा बढाएको हाे ।
यस वर्ष कम्पनीको वितरणयोग्य नाफामा पनि सुधार देखिएकाे छ । तेस्रो त्रैमाससम्म ३० करोड ५६ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको वितरणयोग्य नाफा यस वर्ष भने ७ करोड ७ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम १३ दशमलव शून्य ५ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म ४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष २ अर्ब ५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
यस्तै बैंककाे सञ्चालन नाफा करिब २९ प्रतिशत बढेको छ । गत वर्ष १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको यस वर्ष यो रकम २ अर्ब ५ करोड ७८ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ छ । जगेडा कोष रकम ६ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको शेयर प्रिमियम रकम ३ करोड रुपैयाँभन्दा बढी रिटर्न अर्निंग ७ करोड ७ लाख रुपैयाँभन्दा बढी छ ।
गत वर्ष १ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ७७ प्रतिशत कायम भएको छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी २२५ रुपैयाँ ८९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २ पैसा छ ।
कम्पनीले यस वर्ष गत वर्षभन्दा करिब ७ प्रतिशत बढी १ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँभन्दा निक्षेप संकलन गरेको छ भने १० दशमलव ९३ प्रतिशत बढी १ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।