७२.८५ प्रतिशतले घट्याे कुमारी बैंककाे नाफा, वितरणयाेग्य नाफा साढे ६ अर्ब मात्र

काठमाडाैं । चालु आर्थिक वर्षको तेस्राे त्रैमाससम्म आइपुग्दा कुमारी बैंक लिमिटेडकाे नाफा ७२.८५ प्रतिशतले घटेकाे छ । बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
वर्षको चैत मसान्तसम्म आइपुग्दा बैंकाे नाफा २८ करोड ५८ लाख २३ हजार रुपैयाँमा खुम्चिएकाे हाे । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५ करोड २७ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५४ करोड ३६ लाख रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
यस्तै बैंकको खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ७५.३१ प्रतिशतले घटेर ५५ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ६ अर्ब ५० करोड ऋणात्मक छ ।
चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ छ ।
प्रतिसेयर आम्दानी १.४५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ रहेको छ ।