लक्ष्मी सनराईज बैंककाे नाफा सामान्य बढ्दा प्रतिसेयर आम्दानी घट्याे

काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्मी सनराईज बैंककाे नाफा २.४८ प्रतिशतले बढेकाे छ। बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले नाै महिनामा १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
बैंकले गत आवको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ बढी नाफा गरेको हो । बैंकले गत वर्षको चैतसम्म १ अर्ब ६१ करोडमात्र नाफा गरेको थियो ।
९ महिनामा बैंककाे नाफा सामान्य बढ्दा बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ छ जुन ३.१७ प्रतिशत लाभांश वितरण गर्न पर्याप्त छ । यस्तै बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.३ प्रतिशत छ ।
यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्ज भने घटेकाे छ । तेस्राे त्रैमाससम्ममा बैंककाे खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोडमा सिमित भएको छ भने इम्पेयरमेन्ट चार्ज ३ अर्ब २० करोडमात्र छ
जुन गत आवको चैत मसान्तमा बैंककाे खुद ब्याज आम्दानी ८ अर्ब ५१ करोड र इम्पेयरमेन्ट चार्ज ४ अर्ब थियो ।
यस्तै लक्ष्मी सनराइजले चैतसम्म ३ खर्ब ४४ अर्ब २० करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा बैंकले १५ अर्ब निक्षेप र १९ करोड रुपैयाँ कर्जा बढाएको हो ।
नाफा सामान्य दरले बढे तापनि बैंकको प्रतिसेयर आम्दानी केही घटेको । गत वर्षको चैतसम्म ९.२९ रुपैयाँ रहेको ईपीएस ९.०५ रुपैयाँ कायम भएको हो । यसैगरी नेटवर्थ १७६.१६ रुपैयाँ रहेको छ ।
यता निष्क्रिय कर्जाको अनुपात सामान्य दरले बढेको देखिएकाे छ । गत आवको ९ महिना सकिँदासम्म ५.४९ प्रतिशत रहेकाे यस्ताे कर्जा चालु आवमा ५.८६ प्रतिशत पुगेको छ ।