साढे २२ प्रतिशतले घट्याे प्राइम कमर्सियल बैंककाे नाफा, कस्ता छन् अन्य सूचक ? « Arthapath.com
७ बैशाख २०८२, आईतवार

साढे २२ प्रतिशतले घट्याे प्राइम कमर्सियल बैंककाे नाफा, कस्ता छन् अन्य सूचक ?



काठमाडाैं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मा प्राइम कमर्सियल बैंककाे नाफा २२.५६ प्रतिशतले घटेकाे छ । बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यसधिमा बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

बैंकले गत आवको सोही अवधिको तुलनामा ६४ कराेड ९४ लाख रुपैयाँ कम नाफा गरेको हो । गत आवको सो अवधिमा बैंकले खुद नाफा २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ भने खुद ब्याज आम्दानी १५.१७ प्रतिशतले बढेर ६ अर्ब ६६ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

१९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा चैत मसान्तसम्म १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ छ ।

हाल बैंककाे प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४.६३ रुपैयाँ कायम भएकाे छ । यस्तै यस अवधिमा बैंकको खराब बर्जा ५.६५ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्