५० करोडमा खुम्चियाे हिमालयन बैंककाे नाफा, कस्ता छन् अन्य सूचक ? « Arthapath.com
७ बैशाख २०८२, आईतवार

५० करोडमा खुम्चियाे हिमालयन बैंककाे नाफा, कस्ता छन् अन्य सूचक ?



काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंक लिमिटेडका अधिकांश वित्तिय सूचकहरु कमजोर देखिएका छन् ।

बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा यस वर्षको सोहि अवधिमा बैंकको खुद् नाफा ७४ प्रतिशतले घटेको छ ।

यस वर्ष चैत मसान्तसम्म बैंकको खुद नाफा ५० करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्षको यसै अवधिसम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँबढी खुद नाफा गरेको थियो ।

यद्यपि गत वर्ष साढे ३ अर्ब रुपैयाँबढी रहेकोमा बैंकको सञ्चालन नाफा चालू आवमा बढेर ३ अर्ब ८१ करोड नाघेको छ।

यस्तै चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी पनि घटेकाे छ । गत वर्ष ८ अर्ब ४३ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी चालू आवमा ७ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ।

यस्तै बैंकको कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ९ अर्ब १० करोड रुपैयाँमा झरेको छ।

यस्तै हाल बैंकको निष्क्रिय कर्जा ७.६८ प्रतिशत, प्रतिशेयर आम्दानी ३ रुपैयाँ ०८ पैसा, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा छ भने वितरणयोग्य नाफा ७ अर्ब ३६ करोड ऋणात्मक रहेको छ।

बैंककाे चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब ३६ करोड ऋणात्मक र रिजर्भमा २२ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। बैंकले २ खर्ब ३३ अर्ब ५३ करोडबढी ऋण लगानी गरेकाे छ भने ३ खर्ब १ अर्ब १३ करोडबढी निक्षेप संकलन गरेको छ।


प्रतिक्रिया दिनुहोस्