नेपाल एसबीआई बैंकको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म नेपाल एसबीआई बैंकको नाफामा सामान्य सुधार देखिएको छ ।बैंकले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्ष बैंकको खुद नाफा ३.३५ प्रतिशतले मात्रै बढेको हो ।
चालु आर्थिक वर्षकाे ९ कहिनामा बैंकले १ अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षकाे यस अवधिमा बैंकले १ अर्ब १६ करोड ४१ लाख रुपैयाँ नाफा गरेकाे थियाे ।
९ महिनामा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४ कराेड २९ लाख रूपैयाँ घटेको छ । बैंकले गत वर्ष ५ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी रहेकोमा यो वर्ष घटेर ३ अर्ब ५३ करोड ४९ लाख रुपैयाँमा सिमित भएको हाे ।
समिक्षा अवधिमा बैंककाे विरणयाेग्य नाफा १ अर्ब ५ करोड १५ रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड रुपैयाँ छ। बैंकले जगेडा कोषमा ८ अर्ब ३७ लाख रुपैयाँ राखेको छ भने बैंकसँग ४.०६ प्रतिशत प्रतिशत खराब कर्जा छ ।
हाल बैंकको प्रतिसेयर आम्दानी १४.७२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३.०८ रुपैयाँ कायम भएको छ ।
यस वर्षको चैत मसान्तसम्म बैंकमा १ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।