नाफा घटेपनि कृषि विकास बैंकका अन्य सूचक सुधारउन्मुख, वितरणयोग्य नाफा २ अर्ब नजिक « Arthapath.com
७ बैशाख २०८२, आईतवार

नाफा घटेपनि कृषि विकास बैंकका अन्य सूचक सुधारउन्मुख, वितरणयोग्य नाफा २ अर्ब नजिक



काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार ९ महिनामा बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

यस्तै समिक्षा अवधिमा बैंककाे खुद ब्याज आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब २० करोड रुपैयाँ रहेकोमा यस वर्ष १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँबाट बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा भने ४.९८ प्रतिशत छ ।

यस अवधिमा बैंकको सञ्चालन नाफा समेत ८ करोड ६४ लाख रुपैयाँ घटेको छ । योसँगै ९ महिनामा बैंकको सञ्चालन नाफा २ अर्ब ५९ करोड रुपैयाँमा खुम्चिएको छ , तर वर्ष यस्तो नाफा २ अर्ब ६७ करोड ४६ लाखरहेको थियो ।

साथै, बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

हाल बैंकको प्रतिशेयर आम्दानी ११.४७ रुपैयाँ र प्रतिशेयर खुद मुल्य २१७.७३ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्