साढे ३ प्रतिशतले बढ्याे प्रभु बैंककाे नाफा, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
७ बैशाख २०८२, आईतवार

साढे ३ प्रतिशतले बढ्याे प्रभु बैंककाे नाफा, अन्य सूचक कस्ता छन् ?



काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंक लिमिटेडको नाफा ३.५१ प्रतिशतले बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ९ महिनामै बैंकले १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ ।

समिक्षा अवधिमा बैंककाे नाफा साढे ६ कराेड बढेकाे हाे । बैंकले गत वर्षको चैत मसान्तसम्म १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ४० लाख रूपैयाँ घटेको छ । बैंकले गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी रहेकोमा यो वर्ष घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा सिमित भएको हो ।

समिक्षा अवधिमा बैंकको विरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक बनेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र निष्क्रिय कर्जा ५.०९ प्रतिशत रहेको छ।

बैंकको खुद ब्याज आम्दानी गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा झरेको छ।

यता बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँमा कायम भएको छ भने कुल सञ्चालन आम्दानी पनि १० अर्ब १९ करोडबाट घटेर ९ अर्ब ६१ करोडमा झरेको छ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक र रिजर्भ कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्