राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ? « Arthapath.com
७ बैशाख २०८२, आईतवार

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?



काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिनामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नाफा ४९.३७ प्रतिशतले घटेको छ । बैंकले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ९ महिनामा बैंकको नाफा १ अर्ब २० करोड ४३ लाख रुपैयाँमा झरेको छ ।

समिक्षा अवधिमा बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँले घटेको हो । बैंकले गत वर्षको चैत मसान्तसम्म २ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको विरणयोग्य नाफा २ अर्ब ४६ करोड २१ लाखबाट घटेर १ अर्ब २ करोड २ लाख रुपैयाँ ऋणात्मक छ । खुद ब्याज आम्दानी ७ अर्ब १० करोड रुपैयाँमा सिमित भएको छ । यस्तै गत वर्ष ३ अर्ब ३७ करोड रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा १ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ ।

१५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो बैकको जगेडा कोषमा ३५ अर्ब ८२ करोड रुपैयाँबाट बढेर यो वर्षको चैतसम्ममा ३७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने बैंकसँग ४ प्रतिशत खराब कर्जा छ।

बैंककले निक्षेप संकलन ४ खर्ब २९ अर्ब रुपैयाँबाट बढाएर ४ अर्ब ६१ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तो निक्षेपबाट बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्