नबिल बैंकको नाफा ५ अर्ब माथि, कस्ता छन् अन्य सूचक ? « Arthapath.com
७ बैशाख २०८२, आईतवार

नबिल बैंकको नाफा ५ अर्ब माथि, कस्ता छन् अन्य सूचक ?



काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नविल बैंकको खुद नाफा ८.२१ प्रतिशतले बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ९ महिनामा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ कमाउन सफल भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा बैंकको नाफा गत वर्ष भन्दा ३८ करोड ३४ लाख रुपैयाँ बढी हो ।

समिक्षा अवधिमा बैंकको विरणयोग्य नाफा ४ अर्ब ५४६ करोड ७० लाखबाट बढेर २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा रहेको छ।

यस्तै नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६५ पैसा बढेर २४ रुपैयाँ ८९ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेर १ अर्ब २० करोड रुपैयाँमा सिमित भएको छ । यस्तै बैंकको कुल सञ्चालन आम्दानी ०.२० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १४.०३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २३ करोडबाट घटेर २ अर्ब २९ करोडमा सीमित भएको छ।

हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। बैंकसँग १.५९ प्रतिशत खराब कर्जा छ ।

यस्तै बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रतिक्रिया दिनुहोस्