विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट « Arthapath.com
७ बैशाख २०८२, आईतवार

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट



काठमाडाैं । विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ। कम्पनीले गत चैत २१ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको एफपीओ आज बाँडफाँट गरेको हो।

कुल ५ हजार १२९ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको हो।

जस अनुसार कुल ५ हजार १२९ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यी मध्ये १ जनाले ११ कित्ता र एक जनाले १०.५ कित्ता शेयर पाएका छन् ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो।

निष्काशनमा कुल १९ लाख २३ हजार ४९० आवेदन मार्फत २ करोड २१ लाख ७६ हजार ८४० कित्ता माग भएको थियो । जसमध्ये २ हजार ५२३ आवेदन रद्द भएका छन् भने १९ लाख २० हजार ९३९ आवेदन स्वीकृत भएका छन्।


प्रतिक्रिया दिनुहोस्