लुम्बिनी विकास बैंकले कमायो ३० करोड २१ नाफा, कस्ता छन् वित्तीय सूचकहरु ?

काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लुम्बिनी विकास बैंकको खुद नाफा ८५.४५ प्रतिशतले घटेको छ ।
बैंकले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ९ महिनामा बैंकको नाफा ४ करोड ९७ लाख रुपैयाँमा खुम्चिएको छ ।
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंको नाफा ३० करोड २१ लाख रुपैयाँ कम हो । गत आर्थिक वषृको चैत मसान्तसम्म बैंकले ३४ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै, बैंकको संचालन नाफा पनि ८४.५८ प्रतिशत घटेर १० करोड ८ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा यस्तो नाफा ६५ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ५.८४ प्रतिशत बढेर १ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा भने ६१ करोड ४८ लाख रुपैयाँ छ ।
यस्तै समिक्षा अवधिमा बैंकको खराब कर्जा ह्वात्तै बढेको छ । कम्पनीको एनपिएल ३.६९ प्रतितबाट बढेर ७.१८ प्रतिशत पुगेको छ ।
यता हाल बैंकको प्रतिसेयर आम्दानी १३.७१ रुपैयाँ छ र प्रतिसेयर नेटवर्थ १८०.२४ रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ छ भने बैंकले जगेडा कोषमा २ अर्ब ८१ करोड २७ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप २.७८ प्रतिशत घटेर ५६ अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी भने २.१२ प्रतिशत वृद्धि भई ४७ अर्ब २२ करोड २७ लाख ६० लाख ९९ हजार ८ सय ८६ रुपैयाँ पुगेको छ ।