आईएमई लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सुशिला रोकालाई सद्भावना दुत « Arthapath.com
७ बैशाख २०८२, आईतवार

आईएमई लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सुशिला रोकालाई सद्भावना दुत



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सुशिला रोकालाई कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशिला रोकालाई सद्भावना दुत घोषणा गरेको छ ।

कम्पनीले रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बासडर २०२५ घोषण गरेको छ ।

सुशिला रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा” योजना को सद्भावनादुत हुन सफल भएको हो ।

कार्यक्रममा कम्पनीले उहाँको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ । यसले अभिकर्ताहरुमाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई कामगर्न प्रेररणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरिय सेवा दिने उद्देश्यमा निरन्तरता दिदैजाने बताए ।


प्रतिक्रिया दिनुहोस्