सम्पदा लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । सम्पदा लघुवित्त वित्तीय संस्थाको ८औँ वार्षिक साधारण सभा शनिवार मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर–५, तनहुँमा सम्पन्न भएको छ ।
साधारण सभाले संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ ।
साधारण सभामा ५६.१९ प्रतिशत शेयर सदस्यको उपस्थिति रहेको थियो । राष्ट्रिय स्तर कार्यक्षेत्र भई ४४ जिल्लामा कार्यक्रम विस्तार गरेको सम्पदा लघुवित्तको चुक्ता पुँजी ७० करोड ८ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ । वित्तीय संस्थाको साधारण सभाले पारित गरेकोे वित्तीय विवरण अनुसार पुँजीकोष ८.१५, खराब कर्जा ४.८०, इपिएस १० रुपैँया ४८ पैसा, खुद नाफा ७ करोड ३४ लाख २१ हजार ९० रुपैयाँ रहेको सम्पदा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी गराएका छन् ।
१ सय ५५ शाखा रहेको सम्पदा लघुवित्तमा १ लाख ७७ हजार ९ सय २ जना सदस्य रहेका छन् भने ७६ हजार ९ सय २० ऋणी रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले साधारण सभामा जानकारी गराए ।
उक्त साधारण सभाबाट संस्थापक (प्रोमोटर डाइरेक्टर) मा अर्जुन कुमार सिंह, हरि प्रसाद डुम्रे, जिब मूर्ती पन्त, प्रदिप सिग्देल शर्मा निर्वाचित भएका छन् ।
यस्तै सर्वसाधारणका तर्फबाट भेष राज रोकाया र बिनोद तमाङ्ग चयन भएका छन । साधारण सभामा सेयर सदस्यहरूले राखेको जिज्ञासाका बारेमा संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा तथा कम्पनी सचिव पवन कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले प्रष्ट पारे ।
संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले आर्थिक वर्ष २०८१/२०८२ को लागि लेखा परिक्षकमा बि.पि. एसोशिएटस् एण्ड चार्डड एकाउन्टेन्टलाई न्युक्त गरेको छ भने, अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्नको लागि नयाँ बनेको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ ।