रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै निकिताले गरिन सर्वोच्च अदालतमा रिट दायरा « Arthapath.com
७ बैशाख २०८२, आईतवार

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै निकिताले गरिन सर्वोच्च अदालतमा रिट दायरा



काठामाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको छ ।

आज लामिछानेकि पत्नी निकिता पौडेल सर्वोच्चमा रिट दायरा गरेकि हुन । सुप्रिम बचत तथा सहकारी टगिको आरोपमा चैत्र २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई थुनामा पठाउन आदेश गरेको थियो ।

उक्त आदेश विरुद्ध रविका तर्फबाट यसअघि सर्वोच्वमा
”थुनुवा दफा ७३” का अनुसार निवेदन दायरा भएको थियो । सो निवेदनमा सर्वोच्वले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।


प्रतिक्रिया दिनुहोस्