यी हुन् वित्तिय अवस्था नाजुक हुने ५ फाइनान्स कम्पनी, दोब्बरले बढ्याे खराब कर्जा « Arthapath.com
८ बैशाख २०८२, सोमबार

यी हुन् वित्तिय अवस्था नाजुक हुने ५ फाइनान्स कम्पनी, दोब्बरले बढ्याे खराब कर्जा



काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमाससम्मको अवधिमा पाँच फाइनान्स कम्पनीहरुको वित्तिय अवस्था नाजुक देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका १५ फाइनान्स कम्पनी मध्ये पाँच वटाको नाफा अझै ऋणत्मक अवस्थामा रहेको पाइएको छ ।

यस वर्ष पनि रिलायन्स फाइनान्स, जानकी फाइनान्स, बेष्ट फाइनान्स, गोर्खाज फाइनान्स र समृद्धि फाइनान्स नोक्सानीमा गएका हुन् भने यीनीहरुको खराव कर्जा पनि चुलिएको छ ।

यस्ताे छ पाँच कम्पनीकाे वत्तिय सूचकहरूः

रिलायन्स फाइनान्स: यस अवधिमा सर्वाधिक ऋणात्मक रहेको कम्पनीमा रिलायन्स फाइनान्स रहेको छ । गत आवको चैत मसान्तसम्म ४ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको नाफा यस वर्षको सो अवधिमा १७ करोड ४७ लाख रुपैयाँ ऋणात्मक बन्न पुगेको छ ।

यस्तै यस अवधिमा कम्पननिको खराब कर्जा पनि दोब्बरले बढेको छ । गत चैत मसान्तमा ८.४८ प्रतिशत रहेको कम्पनीको खराब कर्जा कर्जा यस अवधिमा १६.०८ प्रतिशत पुगेको छ ।

यस्तै, कम्पनीको संचालन नाफा पनि ऋणात्मक बनेको छ । गत चैतमा ४ करोड ७२ लाख ५१ हजार ऋणात्मक रहेको संस्थाको सञ्चालन नाफा हाल १७ करोड ४७ लाख ११ हजार रुपैयाँले ऋणात्मक बनेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी २४.७७ रुपैयाँले ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९२.९७ रुपैयाँ रहेको छ ।

यस्तै, यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा भने ४९ करोड ३० लाख १३ हजार रुपैयाँले ऋणात्मक बनेको छ ।
कम्पनीको निक्षेप संकलन र कर्जा प्रवाहमा भने झिनो सुधार देखिएको छ । चैत सम्म कम्पनीले ८ अर्ब १३ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६ अर्ब २५ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

जानकी फाइनान्स: यता, यस वर्ष जानकी फाइनान्सको नाफा समेत उच्च रुपमा ऋणात्मक रहेको छ । गत वर्ष तेस्रो त्रैमाससम्ममा १० करोड ८६ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनी चालु आवको सोहि अवधिसम्म आइपुग्दा थप बढेर १२ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

यस अवधिमा कम्पनकिो खराब कर्जा पनि दुई गुणाले वृद्धि भएको छ । पोहोर तेस्रो त्रैमासमा २८.९१ प्रतिशत रहेको फाइनान्सको खराब कर्जा ४४.४१ प्रतिशत पुगेको छ ।

यस्तै गत वर्षको चैत मसान्तमा १० करोड ४६ लाख ३० हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन नाफा समिक्षा अवधिमा थप बढेर १२ करोड ८३ लाख २५ हजार रुपैयाँले ऋणात्मक बनेको छ ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ करोड ५१ लाख २८ हजार रुपैयाँ कायम भएको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी २४.७८ रुपैयाँले ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ३९.३१ रुपैयाँ रहेको छ ।

बेष्ट फाइनान्स: चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बेष्ट फाइनान्सको नाफा ७ करोड ५२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यस अधिमा कम्पनी ८० लाख २६ हजार रुपैयाँले ऋणात्मक थियो ।

यस्तै यस अवधिमा कम्पनीको खराब कर्जा पनि ४ गुणाले वृद्धि भएको छ । पोहोर तेस्रो त्रैमासमा ३.८६ प्रतिशत रहेको फाइनान्सको खराब कर्जा ११.४९ प्रतिशत पुगेको छ भने गत वर्षको चैत मसान्तमा १ करोड ५९ लाख ४९ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा समिक्षा अवधिमा ८ करोड ३७ लाख रुपैयाँले ऋणात्मक बनेको छ ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १६ करोड ४६ लाख ४६ हजार रुपैयाँले घटेर ७ करोड १८ लाख ५४ हजार रुपैयाँ कायम भएको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी ११.२६ रुपैयाँले ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ११०.८९ रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ५ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गोर्खाज फाइनान्स: गत आर्थिक वर्षको चैत मसान्तसम्मा कम्पनिले १ करोड २४ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको गोर्खाज फाइनान्स समिक्षा अवधिमा ६ करोड २१ लाख ८२ हजार रुपैयाँ नोक्सानीमा चलिरहेको छ ।

यस्तै यस अवधिमा कम्पनीको खराब कर्जा पनि बढेको छ । गत चैत मसान्तमा ३.६१ प्रतिशत रहेका कम्पनीको खराब कर्जा कर्जा यस अवधिमा ४.२८ प्रतिशत पुगेको छ ।

यता, गत वर्षको चैत मसान्तमा १० करोड १६ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा समिक्षा अवधिमा ८ करोड ८५ लाख १२ हजार रुपैयाँले ऋणात्मक बनेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड ३ लाख ५४ हजार रुपैयाँ घटेर २० करोड ४७ लाख ७३ हजार रुपैयाँमा खुम्चिएको छ ।

यस्तै हाल कम्पनीको वितरणयोग्य नाफा ४ करोड ३१ लख ५९ हजार रुपैयाँले घटेर ५५ करोड १६ लाख ९ हजार रुपैयाँमा खुम्चिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.५५ रुपैयाँ नोक्सानीमा छ भने प्रति सेयर नेटवर्थ १४८.०१ रुपैयाँ रहेको छ

समृद्धि फाइनान्स: चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार समृद्धि फाइनान्सको नाफा पनि ३ करोड ५७ लाख ६ हजार रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा थियो ।

यस्तै यस अवधिमा कम्पननिको खराब कर्जा भने सामान्य घटेको छ । गत चैत मसान्तमा १७.२३ प्रतिशत रहेका कम्पनीको खराब कर्जा कर्जा यस अवधिमा १६.४२ प्रतिशतमा झरेको छ ।

यस्तै, कम्पनीको संचालन नाफा पनि ऋणात्मक अवस्थामा छ । गत चैतमा ७ करोड ३१ लाख ९१ हजार ऋणात्मक रहेको संस्थाको सञ्चालन नाफा हाल ४ करोड १८ लाख ९६ हजार रुपैयाँले ऋणात्मक छ ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ कायम भएको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी ५.८१ रुपैयाँले ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ५३.६३ रुपैयाँ रहेको छ ।

यस्तै, यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा भने ६८ करोड ४९ लाख ६ हजार रुपैयाँले ऋणात्मक बनेको छ ।
समिक्षा अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ५९ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्