सेयर बजारमा सामान्य अंककाे गिरावट, काराेबार रकम बढ्याे

काठमाडौं । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ७ दशमलब ७५ अंकले घटेर २६ सय ९८ दशमलब २८ बिन्दुमा पुगेको छ ।
आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेकाे छ । आज ३१९ कम्पनिको २ करोड १२ लाख ३ हजार कित्ता सेयर ८ अर्ब ७५ करोड ५७ लाख २० हजार रूपैयाँमा किनबेच भएको छ ।
आइतबार ३२७ कम्पनिकाे २ कराेड १३ लाख २३ हजार कित्ता सेयर ८ अर्ब ४३ कराेड ३५ लाख ८९ हजार रूपैयाँमा किनबेच भएकाे छ ।
यसदिन ११२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १३३ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै एक कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।
आज बैंकिङ, फाइनान्स, माइक्राे फाइनान्स, जिवन बीमा, निर्जिवन बीमा, व्यापार र अन्य समुहका उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् ।
यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्याेरेन्स, कर्पाेरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी र नेपाल हाइड्राे डेभलपर्स सेयर मूल्य साढे ९ प्रतिशत भन्दा धेरैले बढेकाे छ ।