प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई अझै प्रभावकारी बनाउनुपर्ने « Arthapath.com
८ बैशाख २०८२, सोमबार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई अझै प्रभावकारी बनाउनुपर्ने



भैरहवा । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए ।

उक्त कार्यक्रम मार्फत संचालित रूपन्देही जिल्लामा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

‘परियोजन मार्फत संचालित कार्यक्रमको प्रभावकारीता अझै बढाउनुपर्छ । परियोजनाका सन्दर्भमा विभिन्न टिकाटिपणीहरु आए पनि फिल्डमा आएर हेर्दा युवाहरुलाई कृषि उधममा लाग्ने वातवरण परियोजनाले बनाएको पाइयो’– मन्त्री अधिकारीले भने ।

यान्त्रिकरणसहितको आधुनिक कृषि आजको आवश्यकता भएकाले यस परियोजनालाई यसै तर्फ केन्द्रित गरीने बताए । सरकारले गर्ने लगानी आमनागरिककै श्रोत भएकाले सहि सदुपयोग गर्दै प्रतिफल लिनपनि किसान तथा उधमीहरुलाई मन्त्री अधिकारीले आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्