२३ अर्बमा बन्ने १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावर निर्माणका लागि दुई कम्पनी सर्टलिस्टमा

काठमाडौं । २३ अर्ब रुपैयाँ लागत अनुमानको जगदुल्ला हाइड्रोपावर निर्माणका लागि दुई वटा संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् ।
१०६ मेगावाटको उक्त आयोजना निर्माणका लागि ४ वटा कम्पनीले आवेदन दिएका थिए । तर, आवेदन दिएकामध्ये २ वटा सर्टलिस्टमा परेका हुन् ।
कम्पनीका अनुसार सिनो हाइड्रो, सिल/एचचएच जेभि, जेसीई/एएनके जेभी र टु एमजी/फेवा जेभीले आवेदन दिएका थिए ।
यीमध्ये प्राविधिक रुपमा सिाो हाइड्रो र जेसीई जेभी सर्टलिस्टमा परेका हुन् । यी दुई कम्पनी मूल्य बोलकबालमा सहभागि हुनेछ । त्यसका लागि आगामी बैशाख २४ गतेभित्र वित्तीय प्रस्ताव पेस गनुपर्नेछ ।
कम्पनीले गत माघ ६ गते सिभिल र हाइड्रोमेकानिकल अन्तर्गतको कार्यका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो ।
उक्त आयोजना निर्माणका खर्च २३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यसमा १६ अर्ब ऋण मार्फत र ७ अर्ब स्वपुुँजीबाट जुटाइने छ । हाल नबिल बैंकको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरुले ऋण लगानी गर्ने सहमति पनि भइसकेको छ ।