कक्षा १२ को परिक्षा निजामति कर्मचारीलाइ परिचालन गरि परिक्षा सञ्चालन गराउने राष्ट्रिय परिक्षा बाेर्डकाे निर्णय « Arthapath.com
९ बैशाख २०८२, मंगलवार

कक्षा १२ को परिक्षा निजामति कर्मचारीलाइ परिचालन गरि परिक्षा सञ्चालन गराउने राष्ट्रिय परिक्षा बाेर्डकाे निर्णय



काठमाडौं । यहि बैशाख ११ गतेबाट सञ्चालन हुने कक्षा १२ को परिक्षा निजामति कर्मचारीहरुलाइ परिचालन गरि परिक्षा पुर्वनिर्धारित समयमै सञ्चालन गराउने भएको छ।

आज मंगलबार बसेको उच्च माध्यमिक शिक्षा परिषदले बिद्यार्थीलाइ अन्योलमा नपरी परिक्षा दिन सबै परिक्षार्थीलाइ जानकारी गराएको छ ।

नेपाल शिक्षक महासंघले जारी गरेको आन्दोलनले कक्षा १२ को परिक्षामा सहमति नहुने बताए पछि परिक्षा हुने नहुने अन्योलमा परेका बिद्यार्थीलाई शिक्षकहरु सहभागि नभए पनि निजामति कर्मचारीहरु परिचालन गरेर उक्त परिक्षालाई सञ्चालन गर्ने निर्णय भएको राष्ट्रिय परिक्षा बाेर्डका नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

साथै परिक्षाको फेरबदल गर्दा बिद्यार्थीको तयारीमा असर पर्ने भएकोले उक्त परिक्षालाइ नरोक्ने र प्रमुख जिल्ला अधिकारी सिडियोको संयोजकत्तामा परिक्षालाई जिम्मेवारी दिई परिक्षा सञ्चालन गर्ने निर्णय गरिएको शर्माले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारीले प्रत्येक जिल्लाका निजामति कर्मचारीहरुलाई खटाई परिक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो । आन्दोलनमा सहभागि नभएका शिक्षकहरुलाई केन्द्राध्यक्ष बनाउने र त्यस्तो ठाउँ नभएको ठाउँमा प्रमुख जिल्ला अधिकारी आफै खटिएर परिक्षालाई निरन्तरता दिने भएको छ ।

राष्ट्रिय परिक्षा बाेर्डले आन्दोनरत शिक्षकहरुलाई कक्षा १२ को परिक्षामा सहयोग गर्ने आग्रह गरेको थियो तर, कुनै शिक्षकहरुले परिक्षामा सहभागि नहुने जनाए पछि निजामति कर्मचारीलाई परिचालन गरि परिक्षालाई निरन्तरता दिइने बाेर्डका अनुसार सहमति भएको हो ।

यो बर्षमा कक्षा १२ को परिक्षा दिन करिब ५ लाख बिद्यार्थीको संख्या रहेको छ । परीक्षाका निम्ति त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी संख्याका आधारमा करिब २ हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने बोर्डले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्