लिबर्टी माइक्रो लाइफको नयाँ बीमा योजना, कस्तो हो ‘ग्यारेण्टिड ग्रोथ प्लान’ बीमालेख ? « Arthapath.com
९ बैशाख २०८२, मंगलवार

लिबर्टी माइक्रो लाइफको नयाँ बीमा योजना, कस्तो हो ‘ग्यारेण्टिड ग्रोथ प्लान’ बीमालेख ?



काठमाडाैं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले बजारको माग र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै न्यून तथा मध्यम आय वर्गका लागि नयाँ बीमा योजना “ग्यारेण्टिड ग्रोथ प्लान” बीमालेख प्रचलनमा ल्याएको छ ।

यस योजनाले वर्तमानमा सानो-सानो रकम बचत गरी बीमालेख परिपक्व हुदाँ बीमितलाई एकमुष्ठ रकम प्राप्त गरी आफ्नो आर्थिक लक्ष्य हासिल गर्न मदत गर्नुका साथै कथंकदाचित बीमालेख चालुरहेको अवस्थामा बीमितको मृत्युभएमा बीमितको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्दछ ।

यस बीमालेख १८ वर्षदेखि ६५ वर्षसम्मको व्यक्तिले न्यूनतम ८ वर्ष तथा अधिकतम् २५ वर्ष अवधिको लागि खरीद गर्न सक्नेछन । यस बीमा योजना अन्तर्गत न्यूनतम् बीमाङ्क १० हजार- तथा अधिकतम् बीमाङ्क ५ लाखसम्म हुने भएकाे छ । यस बीमा योजना अन्तर्गत ग्राहकवर्गले आफ्नो आवश्यकता तथा इच्छा अनुसार वार्षिक, अर्ध-वार्षिक, त्रैमासिक तथा एकमुष्ठ रुपले बीमाशुल्क तिर्न सक्नेछन् । साथै यस योजनासंगै अतिरिक्त सानो रकम तिरी एडिबि तथा एटिपिटि सुविधा पनि लिन सकिनेछ ।

यस बीमा योजनाको मुख्य विशेषता बीमालेखको अवधि भुक्तानीमा बीमाङ्क रकम तथा बीमालेखको अवधिको आधारमा १० वर्षे अवधिसम्म २५ प्रतिशत, १० देखी १४ वर्षे अवधिसम्म ३५ प्रतिशत, १५ देखी १९ वर्षे अवधिसम्म ४५- तथा २० वर्ष वा सो भन्दा माथिको अवधिमा ५० प्रतिशत- प्रतिवर्ष प्रतिहजारको दरले ग्यारेन्टी रिटर्न दिइनेछ ।

यस योजनामा अवधि समाप्त हुनुभन्दा अगावै बीमालेख सक्रिय रहेको अवस्थामा बीमितको मृत्यु हुंदा मूल बीमाङ्क रकममा बीमालेखको अवधिको आधारमा बीमाङ्क रकममा प्रत्याभूत गरिएको आय (ग्यारेन्टी रिटर्न) थप गरि एकमुष्ठ भुक्तानी गरिनेछ ।

साथै बीमालेख अन्तर्गत पूरा ३ वर्षको बीमाशुल्क भुक्तानी भै बीमा प्रारम्भ मितिले ३ वर्ष पूरा भएको अवस्थामा नेपाल बीमा प्राधीकरणले लागु गरेको विधि अनुसार बीमालेख अन्तर्गत सर्मपण मूल्यको ९० प्रतिशतसम्म कर्जा वा बीमालेख सर्मपण गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्