उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त « Arthapath.com
१० बैशाख २०८२, बुधबार

उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त



काठमाडाैं । सरकारले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ .(कान्छाराम) बर्खास्तलाई बर्खास्त गरेको छ । सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई बर्खास्त गरेका हुन् ।

यसअघि सरकारले बर्खास्त गरेका नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

यस्तै सिँचाइ विभागको कार्यक्रममा आफूसँग मञ्चमा नबसेको भन्दै उनले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका थिए ।

सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै तामाङप्रति असन्तुष्टि बढेको थियो। यसै असन्तुष्टिबीच गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्