सरकारले सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई गाभ्ने तयारी गरिरहेको छः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले परिणाम दिनेगरी सहकारी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार नेपाल पत्रकार समाज र भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागद्धारा आजोजित राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी विभागको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यो समस्या समाधान गर्न प्राधिकरण गठन गरिएको बताएका हुन् ।
प्राधिकरण गठनपछि सहकारी विभागको भुमिका अन्योल बनेको तर्क आउन थालेपछि मन्त्री अधिकारीले यी दुबै संस्थाको काम फरक फरक रहेको बताए । प्राधिकरणले भइरहेका सहकारीहरुको नियमन गर्ने, अनियमितता छनबिन गर्ने, सिफारीस गर्ने कारवाहि गर्ने कामरुलाई अगाडी बढाएको र विभागले अन्य संरचना प्रवद्र्धन, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रबाट विशेषीकृत नियमन, व्यवस्थापन र नेतृत्व प्रशिक्षण जस्ता काम गरिरहेको बताए ।
यस्तै मन्त्री अधिकारीले आवस्यक संरचना राख्ने र अनावस्यक संरचना हटाउने तयारी भइरहेको पनि बताए । यसै अन्तर्गत सहकारी बोर्ड हटाइसकेको भन्दै उनले सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई पनि गाभ्ने (एउटै बनाउने) तयारी गरिरहेको जानकारी दिए । यसरी आवस्यकिय संरचनाहरुलाई मात्र अगाडी बढाएर यसको काम कारवाहिलाई चुस्त दुरुस्त बनाउने उनको भनाई छ ।