विदेशी मुद्रा आर्जनको अन्य बाटो खोल्न नसके अर्थतन्त्रकाे समस्याकाे दिगाे समाधान हुँदैन: पूर्वगभर्नर क्षेत्री

काठमाडाैं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले युवा जनशक्ति बाहिर गएर पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र मजबुत स्थितिमा देखिएकाले यसमा मात्रै सन्तुष्ट हुने ठाउँ नरहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवका अवसर आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा आर्जनको अन्य बाटो खोल्न नसके अर्थतन्त्रकाे समस्यामा दिगाे रूपमा समाधान हुन नसक्ने बताएका हुन् ।
अर्थतन्त्रको सवालमा राज्य नियामक सबै संवेदनशील हुन आवश्यक रहेको भन्दै उनले निर्यातयोग्य वस्तु र सेवामा सुधार गर्न नसके अर्थतन्त्रको अवस्था सुधार हुन नसक्ने उल्लेख गरे ।
वित्तीय क्षेत्र सुधार, साक्षरतामा काम गर्दै गएमा वित्तीय अपराध कम गर्न सकिने उनको भनाइ छ ।