यस्तो छ आजको फलफूल तथा तरकारीकाे मूल्य « Arthapath.com
१५ बैशाख २०८२, सोमबार

यस्तो छ आजको फलफूल तथा तरकारीकाे मूल्य



काठमाडौं । कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिले आज सोमबारको लागि दैनिकि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी ३५ रूपैयाँ, रातो आलु प्रतिकेजी ३३ रूपैयाँ, भारतीय सुकेको प्याज प्रतिकेजी ३७ रूपैयाँ, लोकल गाजर प्रतिकेजी ३५ रूपैयाँ, डल्लो भान्टा प्रतिकेजी ३५ रूपैयाँ र तने बोडी प्रतिकेजी ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

मटरकोशा प्रतिकेजी ९० रूपैयाँ, भटमास कोशा प्रतिकेजी १२० रूपैयाँ, तितेकरेला प्रतिकेजी २७.५० रूपैयाँ, पाकेको फर्सी प्रतिकेजी ४५ रूपैयाँ, भिण्डी प्रतिकेजी ७५ रूपैयाँ, कुरीलो प्रतिकेजी ४५० रूपैयाँ, न्युरो प्रतिकेजी ४५ रूपैयाँ, ब्रोकाउली प्रतिकेजी ५५ रूपैयाँ, कोइरालो प्रतिकेजी २५०.५० रूपैयाँ र रातो बन्दा प्रतिकेजी ५६.६७ रूपैयाँ थोक मूल्य तोकिएको समितिले जनाएको छ ।

कागती प्रतिकेजी २५० रूपैयाँ, अनार प्रतिकेजी ३२७.५० रूपैयाँ, कालो अंगुर प्रतिकेजी २४० रूपैयाँ, मौसम प्रतिकेजी १९० रूपैयाँ, रूख कटहर प्रतिकेजी ९५ रूपैयाँ, चाइनिज नासपति प्रतिकेजी २५० रूपैयाँ, अम्बा प्रतिकेजी ११३.३३ रूपैयाँ, किवी प्रतिकेजी ४२७.५० रूपैयाँ, अमला प्रतिकेजी ९५ रूपैयाँ, उखु प्रतिवटा ८५ रूपैयाँ, आभोकाडो प्रतिकेजी ६२७.५० रूपैयाँ, स्ट्रबेरी भुईऐसेलु प्रतिकेजी २२७.५० रूपैयाँ, मेवा भारतीय प्रतिकेजी ११० रूपैयाँ र काक्रो लोकल प्रतिकेजी ७५ रूपैयाँ थोक मूल्य रहेको छ ।

यसैगरी, राजा च्याउ प्रतिकेजी २९० रूपैयाँ, सिताके च्याउ प्रतिकेजी ७५२ रूपैयाँ, कन्य च्याउ प्रतिकेजी २१० रूपैयाँ, डल्ले च्याउ प्रतिकेजी ३२२ रूपैयाँ, हरियो धनिया प्रतिकेजी ११८ रूपैयाँ, खु्र्सानी सुकेको प्रतिकेजी ३५४ रूपैयाँ, पुदीना प्रतिकेजी २२७.५० रूपैयाँ, सौफको साग प्रतिकेजी ७५ रूपैयाँ, रायो साग प्रतिकेजी ५५ रूपैयाँ र सुकेको लसुन चाइनिज प्रतिकेजी ३१० रूपैयाँ थोक मूल्य तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्