डायनामिक टेक्नोसफ्ट १६ औं वर्षमा प्रवेश, कम्पनीका ग्राहकहरूलाइ १५ प्रतिशत छुट

काठमाडाैं । नेपालको अग्रणी सफ्टवेयर विकास कम्पनी डायनामिक टेक्नोसफ्ट १६ औं वर्षमा प्रवेश गरेको छ। यो उपलब्धिलाई सम्झन कम्पनीले आफ्ना ग्राहकहरूका लागि विशेष गरि १५ प्रतिशत छुटकाे अफर घोषणा गरेको छ।
२०१० मा मधेश प्रदेशको वीरगञ्जबाट सुरु भएको डायनामिक टेक्नोसफ्टले आज नेपाल, भारत र जापानका २ हजार २ सय भन्दा बढी ग्राहकहरूको विश्वास जितेको छ। यस कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण र सेवाहरू जस्ता क्षेत्रहरूमा डिजिटल रूपान्तरणलाई सहज बनाउने उद्देश्यले डायनामिक इआरपि, शैक्षिक इआरपि, अस्पताल इआरपि, सदस्यता इआरपि जस्ता अत्याधुनिक सफ्टवेयरहरू विकास र विस्तार गर्दै आएको छ।
डायनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालको पहिलो इआरपि प्रदायक हो। कम्पनीसँग देशभर ५० भन्दा बढी अधिकृत डिलरहरू र १ सय भन्दाबढी प्राविधिक विशेषज्ञहरूको कुशल टोली छ। डायनामिक टेक्नोसफ्टले शिक्षा क्षेत्रमा ८ सय भन्दा बढी विद्यालय र कलेजहरूलाई सेवा दिइरहेको छ र स्वास्थ्य क्षेत्रमा १ सय भन्दाबढी अस्पताल र मेडिकल कलेजहरूसँग सहकार्य गरिरहेको छ। यसका साथै, कम्पनीको इआरपि समाधान नेपालका विभिन्न नगरपालिकाहरूमा पनि प्रयोग भइरहेको छ।
डायनामिक टेक्नोसफ्टले दुबई, मलेसिया र इन्डोनेसिया जस्ता देशहरूमा आफ्नो पहुँच विस्तार गर्दै नेपाल भित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो सेवा विस्तार गर्ने तयारी गरिरहेको छ।
“हाम्रो १५ वर्षको यात्रामा, हामीले विश्वास, प्रतिबद्धता र निरन्तर सुधार मार्फत प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेकाे र आगामी दिनहरूमा हाम्रा ग्राहकहरूप्रतिको हाम्रो जिम्मेवारीलाई अझ बलियो बनाउन थप नवीन सेवाहरू र समाधानहरू लिएर आउने ” डायनामिक टेक्नोसफ्टका संस्थापक तथा सीईओ दीपक शाहाले बताएका छन् ।,
आफ्नो १५ औं वार्षिकोत्सव मनाउन कम्पनीले सीमित अवधिको लागि आफ्ना सबै सफ्टवेयर उत्पादनहरूमा १५ प्रतिशत छुट प्रदान गरेकाे छ।