७०.८१ प्रतिशतले बढ्याे डिप्राेक्स लघुवित्तकाे नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिनामा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नाफा ७०.८१ प्रतिशत बढेकाे छ।
संस्थाले सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा लघुवित्तले ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५२.३५ प्रतिशत बढेर १ अर्ब ४९ कराेड १६ लाख रूपैयाँ पुगेकाे छ भने कमिशन आम्दानी २१.६९ प्रतिशत घटेर १४ कराेड १२ लाख ९२ हजार पुगेको छ।
त्यस्तै, यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.६५ प्रतिशतले बढेर १ अर्ब ६३ कराेड ३२ लाख रूपैयाँ र सञ्चालन मुनाफा ६८.८२ प्रतिशत बढेर ६३ कराेड १६ लाख २१ हजार रूपैयाँ पुगेकाे छ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ ७ पैसा बढेर ३० रुपैयाँ ८४ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा रहेको छ।
चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३६ करोड १६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ।
१ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।