रात्री व्यवसायलाई सम्मान दिलाउने एलओडीको यात्रा : ६ वसन्तको ‘उकालो–ओरालो’ « Arthapath.com
१६ बैशाख २०८२, मंगलवार

रात्री व्यवसायलाई सम्मान दिलाउने एलओडीको यात्रा : ६ वसन्तको ‘उकालो–ओरालो’



काठमाडौं । मुलुकै चर्चित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिङ्क) ले आफ्नो यात्राको ६ वर्ष पार गरेको छ । सोमबार क्लबले यो विशेष उत्सवका साथ आत्ममूल्यांकन र सामाजिक संवादको एउटा ऐतिहासिक क्षण अनुभव गर्र्यो । एलओडीका निर्देशक भुपेन कुँवरको भावुक अनि आत्मीय मन्तव्यले त्यो क्षणलाई अझ अर्थपूर्ण बनायो । 

‘हामी यहाँसम्म आफ्ना कर्मचारीको समर्पण र पाहुनाको विश्वासले आइपुगेका हौँ’ निर्देशक कुँवरले आफ्ना भनाइको सुरुवात गर्दै भन्छन्, ‘आज एलओडी कुनै पब मात्र होइन, यो अनुभव, मनोरञ्जन र आत्म सन्तुलनको यात्रा बनेको छ ।’

क्लब होइन, ’पुनः फिर्तीको चाहना’

ठमेल काठमाडौँको पर्यटन नक्सामा रात्रि जीवनको मुख्य केन्द्र बिन्दु हो । यही मुटुमा अवस्थित एलओडी क्लबले ६ वर्षअघि आफ्नो यात्रा सुरु गर्दा धेरैले यसलाई केवल अरू क्लब सरह ठाने । तर, आज यो स्थान नेपाली तथा विदेशी पर्यटकहरूको पहिलो रोजाइ बन्नुमा खास कारण छ–‘अनुभूतिको पुनरावृत्ति’

‘हामी पाहुनालाई एक पटक मात्र होइन, बारम्बार फर्केर आउन मन लाग्ने अनुभव दिन चाहन्छौँ’, निर्देशक कुँवर भन्छन्,‘एलओडीमा आउने पाहुनाहरूलाई केवल सेवा मात्र होइन, सम्मान र आत्मीयता दिने वातावरण निर्माण गर्न सकिएको छ।’

क्लबको मेरुदण्ड: १५० बढी कर्मचारी

एलओडीमा करिब १५० भन्दा बढी कर्मचारी कार्यरत छन्। तीनै कर्मचारीहरूको मेहनत, अनुशासन र अतिथिप्रतिको सम्मान नै क्लबको मेरुदण्ड भएको कुँवर स्पष्ट पार्छन्। उनी भन्छन्, ‘यहाँ काम गर्ने सबै कर्मचारी हाम्रो परिवारका सदस्यजस्तै हुन्। लैङ्गिक समानता हाम्रो संस्कार हो, महिला र पुरुष दुवैको बराबरी सहभागिता रहेको छ।’

रात्रि व्यवसायप्रति धारणा परिवर्तनको पहल

नेपाली समाजमा क्लब संस्कृति अझै पनि नकारात्मक नजरले हेर्ने प्रवृत्ति रहेको कुँवरको गुनासो छ । ‘क्लब भनेको बिग्रने स्थान हो भन्ने सोच हाबी छ । तर, एलओडीले त्यो धारणा क्रमशः तोड्दै गएको छ’, उनी भन्छन् । एलओडीलाई केवल नाचगानको थलो नभई, परिवारसहित मनोरञ्जन लिन सकिने सभ्य स्थानको रूपमा प्रस्तुत गर्न सकिएकोमा उनी सन्तुष्ट छन् । 

मानसिक स्वास्थ्य र तनाव निवारणको थलो

कुँवर भन्छन्,‘मानिस क्लबमा आउँछन् । नाच्न होइन, मनको भार कम गर्न । यसले क्लबलाई केवल रमाइलो होइन, मानसिक विश्रान्तिको स्थान पनि बनाएको छ।’

ठमेलमा भिडभाडका बिच एलओडीले आफूलाई फरक पहिचानसहित स्थापित गर्न सफल भएको कुँवरले बताए ।

नयाँ स्वरूपको तयारी

एलओडी क्लब अब आन्तरिक सजावट, लाइटिङ, म्युजिक सिस्टम र समग्र इन्टेरियर डिजाइनमा ठुलो परिवर्तन ल्याउने तयारीमा छ । हाल नयाँ सिट संरचना भइसकेको छ । ग्राहकहरूको सहजता हेरेर सबै सेवा प्रणालीलाई स्तरीय बनाउने योजना अघि बढाइएको निर्देशक कुँवरले बताए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको जमघट

भविष्यमा एलओडीले अन्तर्राष्ट्रिय बजारमा अझ मजबुत उपस्थिति बनाउन तत्पर रहेको कुँवरको भनाई छ । त्यसका लागि अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति र ठुला कार्यक्रमहरू आयोजना गरिने छ । क्लबको मार्केटिङ रणनीतिलाई समेत अन्तर्राष्ट्रियस्तरमा लैजाने योजना अघि सारिएको छ । 

कर्मको निरन्तरता नै सफलता

निर्देशक कुँवरले क्लबको उन्नतिलाई कर्मको निरन्तरतासँग जोड्छन्। ‘व्यवसायमा पात झ¥यो, पालुवा पलायो । तर, हामी रोकिएनौँ’, उनी भन्छन् । क्लबको सफलताको मूल मन्त्र भनेकै अनुशासन, सदाशयता र सेवा हो भन्ने कुरामा कुँवर अडिग छन् ।

उनी थप्छन्,‘एलओडी अब क्लब मात्र होइन, नेपाली समाजको सोच परिवर्तन गर्ने अभियान बनेको छ । यहाँ नेपाली संस्कृति, व्यावसायिक मूल्य र आधुनिक मनोरञ्जनको सङ्गम देखिन्छ ।’


प्रतिक्रिया दिनुहोस्