मोरङमा सलाइन पानी उद्योग स्थापना, साउनदेखि बजारमा आउने

काठमाडाैं। मोरङका मेडिकल व्यवसायीहरूले सलाइन पानी उद्योग स्थापना गरी साउनदेखि बजारमा पठाउने तयारी गरेका छन् ।
व्यावसायी दिनेश ठाकुर र रञ्जित भगतले मोरङको बुढीगंगामा एलेक्जा लाइफ साइन्सेस प्रालि स्थापना गरी ‘एलेक्जा’ ब्रान्डकाे सलाइन पानी बजारमा पठाउने तयारी भइरहेकाे बताए ।
उद्योगले पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी एलभीपी उत्पादन बजारमा पठाउँने छ । एलभीपी सलाइन १ सय, ५ सय, १ हजार र ३ हजार एमएल गरी ४ प्रकारका बोतलमा बजारमा आउने छ ।
अध्यक्ष समेत रहेका ठाकुरले पूर्ण रूपमा सञ्चालनमा आउँदा एक अर्ब लागत अनुमान गरिएको बताए । मासिक ९ लाख बोतल सलाइन पानी उत्पादन गर्ने उद्याेगकाे क्षमता रहेको बताए छ।
विश्व स्वास्थ्य संगठन र अन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्लान्ट स्थापना गरिएको उनीहरूकाे दाबी छ । ठाकुरले भने, ‘दोस्रो चरणमा सानो परिमाणमा स्मल भोल्युम प्यारेन्टेरल (एसभीपी) उत्पादन गर्ने याेजना रहेकाे छ भने आफ्ना उत्पादन विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेका छाैं ।’