सुन आयातको सिफारिस गर्दा कुनै प्रकारको शुल्क लिन नपाइने « Arthapath.com
१६ बैशाख २०८२, मंगलवार

सुन आयातको सिफारिस गर्दा कुनै प्रकारको शुल्क लिन नपाइने



काठमाडौं । सुन आयातको सिफारिस गर्दा कुनै शुल्क लिन नपाइने भएको छ ।

वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै प्रकारको दस्तुर वा शुल्क लिन नपाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधि, २०६८ को विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भए बमोजिम सुन व्यवसाय सम्वन्धि संघ तथा महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि शुल्क लिन नपाईने व्यवस्था रहेको छ ।

सोही अनुसार सुनको खरिदका लागि सिफारिस प्रदान गर्ने संघ तथा महासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्न–गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधि, २०७८ दफा १४ ले दिएको अधिकार प्रयो गर्न राष्ट्र बैंकको अनुरो छ ।


प्रतिक्रिया दिनुहोस्