स्वास्थ्य सुरक्षासहित खुल्यो तातोपानी नाका, समान आउन थाल्यो « Arthapath.com
१६ कार्तिक २०७७, आईतवार

स्वास्थ्य सुरक्षासहित खुल्यो तातोपानी नाका, समान आउन थाल्यो



काठमाडौं । २०७२ सालको भुकम्पपछी बन्द रहेको नेपाल चिन नाका बल्ल खुलेको छ । भुकम्पले पुरै क्षती पुर्याएको सो नाका पुर्ननिर्माण प्रश्चात पनि चिनियाँ पक्षाले विभिन्न सुरक्षाको कारण देखाउँदै बन्द गर्दै आएको थियो । पटकपटक बन्द हुँदै खुल्दै आएको नेपालको उत्तरी चिन सिमाना तातोपानी नाका सुरक्षा मापदण्ड अपनाई सुचारु गरीएको छ ।

पछिल्लो समय कोरोनाको कारण बन्द रहेको चिन तातोपानी नाका अहिले सुरक्षाको प्रवन्धसहित बिहीबारदेखी औपचारीक रुपमा सामान आउन थालेको हो । अहिले नेपाल–चीनबीचको तातोपानी सुक्खा बन्दरगाह कोभिड– १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाई खुलाइएको छ ।

नाका खुलेपनि शुक्रबार शनिबार देखी सामान आउन थालेको हो । शुक्रबार र शनिबार ४÷४ कन्टेनर सामान नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रिले बताए ।

तातोपानी नाका गतवर्षनै खुलेपनि कोरोनाको कारण बन्द भएको थियो । अहिले कोरोना संक्रमण फैलन नदिन उच्च स्वास्थ्य सुरक्षा अपनाएर अड्किएका नेपाली कन्टेनर पठाउन थालिएको छ । अहिले चिनिया व्यापारीलेनै नेपालतर्फको पुरानो भन्सार भएको ठाउँमा नै सामान ल्याउने गरेका छन ।


प्रतिक्रिया दिनुहोस्