उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर भाउ, कुनको कति पुग्यो ? « Arthapath.com
९ बैशाख २०८२, मंगलवार

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर भाउ, कुनको कति पुग्यो ?



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ७१.२० रुपैयाँ बढेको हो । योसँगै आज कम्पनीको सेयर भाउ ७८३.४० रुपैयाँ कायम भएको छ ।

यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् प्रतिकित्ता ५८.८० रुपैयाँ बढेर ६४७.७० रुपैयाँ पुगेको छ । यता, मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर भाउ पनि ९.९६ प्रतिशत बढेर प्रतिकित्ता ७२.६७ रुपैयाँ बढेर ८०२ रुपैयाँ कायम भएको छ ।

आज यी कम्पनीहरुसहित ग्रीन लाइफ हाइड्रोपावर, तेह्रथुम पावर, नेपाल रिइन्स्योरेन्स, सिटी होमटेल लगायतका लगानीकर्ताले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्