साढे १४ अर्बको बोनस र ५ अर्ब ६२ करोडको हकप्रद सेयर सूचीकृत « Arthapath.com
२८ चैत्र २०८१, बिहीबार

साढे १४ अर्बको बोनस र ५ अर्ब ६२ करोडको हकप्रद सेयर सूचीकृत



काठमाडौं । आठ महिनामा झन्डै साढे १४ अर्ब रुपैयाँ बराबरको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेप्सेमा चालु आर्थिक वर्षको फागुन मसान्तमा सूचीकृत ८ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ५७ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

आठ महिनामा १४ अर्ब ३९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । यस्तै, १३ अर्ब ९२ करोड बराबरको साधारण सेयर, ५ अर्ब ६२ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएको छ ।

राष्ट्र बैंकका अनुसार १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ८ करोड ७३ लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल ३९ अर्ब २३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

२२ अर्बको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति

समिक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २२ अर्ब बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
बोर्डले हकप्रद सेयर, म्युचुअल फन्ड र डिबेन्चर गरि कुल २१ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको हो ।

बोर्डले १० अर्ब २० करोड बराबरको म्युचुअल फण्ड निष्कासशनका लागि अनुमति दिएको छ । यस्तै, ९ अर्ब ३० करोड बराबरको हकप्रद सेयर, १ अर्ब ३२ करोड बराबरको डिबेन्चर र १ अर्ब २ करोड बराबरको साधारण सेयर निष्कासनका लागि अनुमति दिएको हो ।


प्रतिक्रिया दिनुहोस्