एक दिन पनि टिकेन सेयर बजारको बढोत्तरी « Arthapath.com
२८ चैत्र २०८१, बिहीबार

एक दिन पनि टिकेन सेयर बजारको बढोत्तरी



काठमाडौं । सेयर बजारको बढोत्तरी एक दिन पनि टिक्न सकेन् । बुधवार दोहोरो अंकले वृद्धि भएको बजार आज पुनः ओरालो लागेको छ ।

सातको अन्तिम कारोबार दिन बजार ८.६० अंक घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६६७.६८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज हाइड्रोपावर, माइक्रो फाइनान्स र म्युचुअल फन्ड समूह वृद्धि भएको छ। यस बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् ।

उक्त दिन ११३ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको भने १३१ वटाको घटेको छ । बुधवारको तुलनामा आज कारोबार रकम पनि वृद्धि भएको छ ।

आज ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज राधनी विद्यूतको सर्वाधिक सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्