एनएबबि हाइब्रिड फन्ड एल–२ को इकाई सूचीकृत, भोलिदेखि नै कारोबार गर्न सकिने « Arthapath.com
७ बैशाख २०८२, आईतवार

एनएबबि हाइब्रिड फन्ड एल–२ को इकाई सूचीकृत, भोलिदेखि नै कारोबार गर्न सकिने



काठमाडौं । एनएबबि हाइब्रिड फन्ड एल–२ को इकाई सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार फन्डको इकाई सूचीकृत भएको हो ।

फन्डको १३ करोड ६४ लाख ८४ हजार इकाई सूचीकृत भएको छ । यो एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित बन्दमुखी म्युचुअल फन्ड हो ।

उक्त योजनाको अवधि १० वर्ष रहेको छ । उक्त इकाई भोलि अर्थात् बैशाख ७ गतेबाट दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्