अजोड इन्स्योरेन्सको सेयर मंगलबारदेखी कारोवार हुने

काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर सोमबारदेखी कारोवार हुने भएको छ । सोमबार नेप्सेमा सेयर सुचिकृत भएपछि मंगलबारदेखीनै कारोवार हुने भएको छ । अजोड इन्स्योरेन्सको एक करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
अजोड इन्स्योरेन्सको सेयर मंगलबारदेखी कारोवार हुन लागेको हो । नेप्सेबाट सेयर कारोवारको लागी एआईएल संकेत पाएको छ । अजोडको सेयर कारोबारको लागी नेप्सेले न्युनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ कारोबारको रेन्ज तोकिएको छ ।
कम्पनीले असार २५ गते बिहिबार देखि जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो ।