७ लाख मेरो सेयरका ग्राहक छन् सेयर विक्नेमा चिन्ता छैन : सिईओ पराजुली

काठमाडौं । उपत्यकाका तिनै जिल्लामा स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । विहिबारदेखी निषेधाज्ञा जारी भएकैदिनदेखी २ ओटा कम्पनीको आइपिओ आएको छ । जसमध्ये रिलायन्स लाईफ इन्स्योरेन्सको ६३ करोडको आईपिओ विक्री सुरु गरेको छ ।
विहिबारै बैंक वित्तिय संस्था खुलेका छैनन । यस्तो अवस्थामा खुलेका आईपिओ भर्न अनलाइनकै सहारा लिनुपर्ने हुन्छ । विहिबारै मेरो सेयरमा समस्या आएको छ । बैंक वित्तिय संस्थामा गएर सेयर भर्न सक्ने अवस्था छैन । त्यसैले मेरो सेयरमा विहिबार विहाननै एकैपटक ४० हजारले अनलाइनमार्फत सेयर आवेदन दिएपनि मेरो सेयर चलेन ।
रिलायन्स लाइफ इन्स्योरेन्सका सिईओ प्रविनरमण पराजुली भन्छन ७ लाख मेरो सेयरका युजर छन । हामी सबै सेयर अनलाइनबाट विक्री गर्न सक्छौं । देशका ४० भन्दा बढी ठाउमा त बैंकमा गएर सेयर भर्न सक्ने अवस्था रहेको पराजुलीले बताए । उनले १०/१५ प्रतिसतमात्रैले सि–आश्वाबाट सेयर भर्ने गरेको पनि पराजुलीले बताए ।
उनले भने सेयर विक्रीका केही कमि आएपनि फरक नपर्ने बताए । केही कमि आउला भोलीदेखी बैंकहरु खुलेको अवस्थामा नजिक रहेका बैंकमा गएर सेयर आवेदन दिन सक्नेछन । निषेधाज्ञाको अवस्थामा मानिस बाहिर निष्केका छैनन । यस्तो अवस्थामा सेयर भर्नेको संख्यामा कमी आउनेछ ।
अहिले बजारमा ३ ओटा कम्पनीको आईपिओ खुलेको छ । लिवर्टी इनर्जी कम्पनीको भदौ ३ र समाज लघुवित्तको र रिलायन्स लाईफको भदौ ५ गतेदेखी आईपिओ खुलेको छ ।
धितोपत्र बोर्डले पनि सबैलाई सेयर कारोवारलगायत खरिद विक्री घरैबाट गर्न अनुरोध गरेको छ । यस्तो अवस्थामा नेप्सेको भरपर्दो सफ्टवेयर नहुँदा मेरो सेयरबाट आवेदन दिन पाउने अवस्था छैन । सबैको सहभागीत यी कम्पनीहरुमा हुने संभावना भने न्युन देखिन्छ ।