जनरल इन्स्योरेन्सको आइपिओमा नयाँ रेकर्ड, ८ लाख १६ हजार आवेदक, २ अर्व २४ करोड संकलन « Arthapath.com
१४ आश्विन २०७७, बुधबार

जनरल इन्स्योरेन्सको आइपिओमा नयाँ रेकर्ड, ८ लाख १६ हजार आवेदक, २ अर्व २४ करोड संकलन



काठमानडौं । आइतबारदेखी खुलेको जनरल इन्स्योरेन्सको आइपिओमा सर्वाधिक लगानीकर्ता झुम्मिए । बुधबार अन्तिम सर्वसाधारणले सेयर आवेदन दिने अन्तिम दिन ८ लाख १६ हजारले आवेदन दिएका छन ।

आइपिओमा २ अर्व २४ करोड संकलन भएको आनआएविएल एस क्यापिटलका डेपुटी सीईओ मेखबहादुर थापाले बताए । जनरल इन्स्योरेन्सक कम्पनीले यही आश्वीन ११ गतेदेखी १४ गतेसम्म सेयर निस्कासन गरेको थियो । देशमा लगानीको वातावरण कम हुँदै गएपछि आइपिओमा सर्वसाधारणको धेरै आवेदन परेको हो ।

आठ लाख १६ हजार लगानीकर्ताले आवेदन दिएको सेयर निष्कासन तथा विक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । जनरल इन्स्योरेन्सले ३० करोडको आइपिओ जारी गरेको थियो । ३० लाख कित्ता प्राथमिक सेयर निष्कासन गर्दा ८ लाख १६ हजार जनाले आवेदन दिए ।


प्रतिक्रिया दिनुहोस्