सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आईपिओ आजदेखी, अशोज २५ गतेसम्म आवेदन दिन सकिने « Arthapath.com
२१ आश्विन २०७७, बुधबार

सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आईपिओ आजदेखी, अशोज २५ गतेसम्म आवेदन दिन सकिने



ipo

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आइपिओ आज बुधबारदेखी खुला भएको छ । कम्पनीले अशोज २१ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

गैर आवासिय नेपालीहरुद्वरा प्रर्वधित सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको आईपिओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको मध्ये १ लाख २० हजार कित्ता कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । सर्वसाधारणले २७ लाख ३० हजार कित्ता सेयरका लागि बुधबारदेखी आवेदन दिन सक्नेछन ।

अशोज २१ गतेदेखी २५ गते आइतबारसम्म आवेदकले आवेदन दिनसक्ने सेयर निष्काशन तथा विक्री प्रवन्धक एनआइसि एसिया क्यापिटलले जनाएको छ । आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्