प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आईपिओ निष्काशन गर्ने « Arthapath.com
२३ आश्विन २०७७, शुक्रबार

प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आईपिओ निष्काशन गर्ने



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोडको आईपिओ निस्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागी सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।


प्रभु लाइफले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको हाल चुत्तापुँजी १ अर्व ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि २ अर्व पुग्नेछ ।


प्रभु ग्रुपद्वरा प्रर्वधित प्रभु लाइफ इन्स्योरेन्स संचालनमा आएको २ वर्ष पुरा भएको छ । कम्पनीले असोज २९ गत साधारणसभा गर्न लागेको सीईओ नारायण पौडेलले जनाए ।


प्रतिक्रिया दिनुहोस्