सानिमा जनरल इन्स्योरेन्सको आईपिओ : ३० करोडको सेयर माग्दा १ अर्व ९० करोडको आवेदन « Arthapath.com
२५ आश्विन २०७७, आईतवार

सानिमा जनरल इन्स्योरेन्सको आईपिओ : ३० करोडको सेयर माग्दा १ अर्व ९० करोडको आवेदन



ipo

काठमाडौं । ३० करोडभन्दा कमको आईपिओमा १ अर्व ९० करोड रकमको आवेदन परेको छ । पछिल्लो समय इन्स्योरेन्सको आईपिओमा लगानीकर्ताको चाप बढेको छ । बुधबारदेखी निष्कासन गरेको सानिमा जनरल ईन्स्योरेन्सको आईपिओमा करिव ९ लाख जनाले आवेदन दिएको विक्री प्रवन्धक एनआइसि एसिया क्यापिटलले जनाएको छ ।

कम्पनीले कूल ३० लाख कित्ताको लागि आईपिओ निष्काशन गरेको थियो । आईपिओ जारि गरेको अन्तिम दिन आइतबार ८ लाख ८२ हजार ७०३ जनाले आवेदन दिएको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी दिएको छ ।

अपरान्ह ५ बजेसम्म १ करोड ८९ लाख ७६ हजार ६० कित्ताको आवेदन परेको छ । १ अर्ब ८९ करोड ७५ लाख छ हजार रुपैयाँको आवेदन परेको कम्पनीले जनाएको छ । कोरोनाको कारण अन्यत्र लगानीको संभावना कम हुँदै गएपछि लगानीकर्ताको आईपिओमा आकर्शित हुन थालेका छन ।

कम्पनीमा कार्यरत कर्मचारीको लागि ४ प्रतिशत र म्युचुअल फण्डका लागि ५ प्रतिशत छुट्टाएर बाँकी रहेको २७ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणको लागी विक्री खुला गरेको थियो । आश्वा सदस्यता प्राप्त बैंकबाट समेत शेयर आवेदन भर्न मिल्ने हुँदा अन्तिम तथ्याङ्क भोलिसम्म प्राप्त हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्