जनरल इन्स्योरेन्स सेयर मंगलबारदेखी कारोवार हुने, ओपनिङ रेन्ज १०१ देखी ३०५ सम्म तोकियो « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

जनरल इन्स्योरेन्स सेयर मंगलबारदेखी कारोवार हुने, ओपनिङ रेन्ज १०१ देखी ३०५ सम्म तोकियो



काठमाडौं । जनरल इन्स्योरेन्सको सेयर मंगलबारदेखी कारोवार हुने भएको छ । कम्पनीको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर मंगलबारदेखि दोश्रो बजारमा किनबेच हुने छ ।

जसको लागि कम्पनीको सिम्बोल जीआईसी दिइएको छ । प्रिओपनिङ कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०१ रुपैयाँदेखि अधिकतम ३०५ रुपैयाँसम्म तोकेको छ । जनरल इन्स्योरेन्सको सेयर रजिष्टार कुमारी क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्