संचारमन्त्रीको टेलिकमलाई निर्देशन सर्वसाधारणको सेयर हिस्सा बढाउनुस, ५ जी ल्याउन किन ढिलाई ?

उषा रेग्मी
काठमाडौं । सूचना तथा संचारप्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले सर्वसाधारणको सेयर हिस्सा बढाउनुपर्ने बताएका छन । बिहीबार नेपाल दुरसंचार कम्पनीको १७ औं वार्षिकोत्सवको अवसरमा मन्तव्य दिँदै मन्त्री गुरुङले भने अहिले ८ प्रतिसत मात्रै रहेको सर्वसाधारणको सेयर हिस्सा बढाउनुपर्ने बताए ।
प्रायः पव्लिक कम्पनीहरुको ३० प्रतिसत सेयर सर्वसाधारणलाई दिने गरेको छ । नेपाल टेलिकमले सर्वसाधारणलाई ८ प्रतिसतमात्रै सेयर दिएको छ । त्यसलाई बढाएर बढि भन्दा बढी ग्राहाकको विश्वास जित्न मन्त्री गुरुङले निर्देशन दिएका छन । अव जनतालाई मालिक बनाएर जानुपर्छ ।
मन्त्री गुरुले रणनितीक साझेदार ल्याउने वा बढी जनतालाई समेट्नेबारेमा सोच्न टेलिकमलाई निर्देशन दिएका छन । टेलिकमको गुणस्तर सुधार हुन नसकेको भन्दै उनले जनताको गुनासो मन्त्रालयमा आउने गरेको बताए । फोरजीको सेवामा स्तरीय बनाउँदै ५ जीमा जान ढिलाई गर्न नहुने मन्त्री गुरुङले बताए ।
टेलिकमले भुकम्प, कोरोनाजस्ता विपतको बेलामा गरेको सहयोगको उच्च प्रशंसा गर्दै मन्त्री गुरुङले भने सरकारले ल्याएको समृद्ध नेपाल शुखी नेपालीको नारामा साथ दिन टेलिकमलाई आग्रह गरे । अव तपाँईहरुले पनि रोजगारी सृजना हुने खालका क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

नेपाल टेलिकमको १७ औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । १७ बर्ष अघि करिब ४ लाख २२ रहेको ग्राहाक बाट हाल बढेर २ करोड ९ लाख नाघेको कम्पनिले जनाएको छ । कार्यत्रममा संचार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले संस्थागत भएको १७ औ बर्षमा कम्पनिले धेरै प्रगति गरेको जनाएका छन । हिजो अबस्थाबाट धेरै सुधार भएको तर अझै टेलिकमले सेवामा सुधार गर्नुपर्ने बताए ।
कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले सेवाको गुणस्तर बढाउँदै लैजाने बताए । उनले देशको ७७ ओटै जिल्लामा चाररहित ४जी सेवा संचालनमा रहेको बताए ।