ओरालो लाग्यो सेयर बजार, सबै सूचक राताम्य « Arthapath.com
४ असार २०८१, मंगलवार

ओरालो लाग्यो सेयर बजार, सबै सूचक राताम्य



काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.७६ अंकले घटेको छ । आज नेप्से परिसूचक २०७६.४९ अंकमा झरेको छ ।

दिनभर कुल ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भयो । कारोबार अवधिभर ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन १३ वटै उपसूचक राताम्य बनेका छन् । कुल ४० कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ९ को स्थिर रह्यो ।

समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ७.८, विन नेपाल लघुवित्तको ६.२, दिव्यश्वरी हाइड्रोपावरको ४.८, आत्मनिर्भर लघुवित्तको ३.७ प्रतिशत मूल्य बढ्यो ।

मनकामना स्मार्ट लघुवित्त तथा कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । बाराही हाइड्रोपावरको ६, भगवती हाइड्रोपावरको ४.७, मेन्छियाम हाइड्रोपावरको ४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा बरुण हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, ग्लोबल आईएमई लघुवित्त र माण्डु हाइड्रोपावर क्रमशः अगाडि रहे ।


प्रतिक्रिया दिनुहोस्